पोखरियाका विद्यालयहरू पनि खुले

101

प्रस, पोखरिया, ६ पुस/
चालू शैक्षिक सत्रको तीन महीना बाँकी रहँदा पोखरियामा सोमवारदेखि विद्यालय सञ्चालनमा आएका छन्। लकडाउनको ९ महीनापछि पोखरिया नगरपालिकाको स्वीकृतिमा कक्षा ८ देखि १२ सम्मको अध्ययन आजबाट शुरू भएको हो।
पोखरिया नगरपालिकामा दुईवटा माविसहित २४ वटा सामुदायिक विद्यालय र ७ वटा संस्थागत विद्यालय छन्।
संस्थागत र सामुदायिक विद्यालयमा कक्षा ८ देखि १२ सम्म अध्यापनको लागि स्वीकृति प्रदान भएपछि आजदेखि विद्यालयमा अध्ययन शुरू भएको हो।
मावि तहमा ९ देखि १२ सम्म र आधारभूतमा कक्षा ८ को अध्ययन शुरू भएको छ भने तल्लो कक्षामा भर्ना मात्र शुरू भएको छ।
तल्लो कक्षामा आजदेखि विद्यार्थीहरू भर्ना भएको एकजना शिक्षकले बताए। पर्सा जिल्लाका अन्य पालिकामा विद्यालय सञ्चालनमा आएपनि पोखरियामा आजदेखि मात्रै विद्यालय सञ्चालनमा आएको हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्