४४ लाख रुपैयाँको न्यानो कपडा बाँडिने

0
41

प्रस, परवानीपुर, ४ पुस/
पर्सा जिल्लामा चालू आवमा ४४ लाख रुपैयाँको न्यानो कपडा ज्येष्ठ नागरिकहरूलाई बाँड्ने निर्णय भएको छ।
ज्येष्ठ नागरिक सङ्घ पर्सासँग समन्वय गरी जिल्ला विपद् व्यवस्थापन समितिले न्यानो कपडा पर्साका विभिन्न पालिकामा वितरण गर्ने पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी गराए। उनले पर्सामा
शीतलहर शुरू भइसकेकोले एकजना विपन्न ज्येष्ठ नागरिकलाई १२ सयदेखि १५ सय मूल्यबराबरको एउटा टोपी, हाइनेक र कम्बल वितरण गर्ने जानकारी गराए। त्यसैगरी, पर्सामा जाडो छिचोल्न डिभिजन वन कार्यालय रौतहटसँग दाउरा माग गरिएको उनले बताए।
पर्सामा दाउरा कटान नभएकोले यस वर्ष डिभिजन वन कार्यालय पर्साले शीतलहरमा जिल्ला विपद् व्यवस्थापन समितिलाई दाउरा उपलब्ध गराउन नसकेको उनले स्पष्ट पारे।
त्यसैगरी, शीतलहरमा बालबालिका, सुत्केरी महिला, वृद्धवृद्धालाई विशेष स्याहारसुसार गरे कसैको ज्यान नजाने उनले सुझाव दिए। उनले सबै पर्सेली जनतासँग शीतलहरमा सावधानी अपनाउन पनि अपील गरे। उनले स्वास्थ्य चौकी तथा विभिन्न अस्पताललाई शीतलहरको बेला विशेष दायित्व निर्वाह गर्न निर्देशन पनि दिएको बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्