सडक क्षेत्रमा राखिएका सामग्री हटाउन निर्देशन

89

प्रस, रौतहट, ४ पुस/
सडक क्षेत्रमा राखिएका सामग्री हटाउन मौलापुर नगरपालिकाले २४ घण्टाको समय तोकेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबू साहको नेतृत्वमा इलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी प्रमुख, उपप्रमुख गौरीशङ्कर साह, समाजसेवी नागेन्द्र साह, ट्राफिक प्रहरी रोशन झा, पत्रकारलगायतको रोहबर मा स्थलगत अनुगमन गर्दै २४ घण्टाभित्र सडक किनारामा राखिएका सामग्री हटाउन निर्देशन दिइएको हो। आफैंले सडक किनारा खाली नगरेमा प्रहरी टोलीले हटाइ कारबाई गर्नेसमेत निर्देशन दिएको नगरपालिकाले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्