प्रस, परवानीपुर, ४ पुस/
बढ्दो जाडोबाट जोगाउन आशा किरण केन्द्र वीरगंजले वडा नं ३१ को लक्ष्मीपुर मुसहर बस्ती र नैका टोलाको दलित बस्ती बेलवामा वृद्धवृद्धा तथा असहाय परिवारलाई १३० थान कम्बल र बालबालिकाहरूलाई बिस्कुट, चकलेट वितरण गरेको छ।
कार्यक्रममा सामाजिक कार्यमा उल्लेखनीय भूमिका खेलेको भन्दै वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले केन्द्रलाई धन्यवाद व्यक्त गरे।
आशा किरण केन्द्रका अध्यक्ष सुनील गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रका सचिव राजन श्रीवास्तव, कोषाध्यक्ष सन्दीप मोहता, सदस्य डा अशोक दासलगायत स्थानीय बासिन्दाहरूको सहभागिता थियो।