मदिरा उत्पादनले वनविनाश हुँदै

0
45

प्रस, वीरगंज, ४ पुस/
प्रहरीले पटक–पटक छापा मारे पनि पर्सागढी नगरपालिका–३ झबराहामा अवैध घरेलु मदिरा उत्पादन र बिक्री वितरण रोकिएको छैन।
यस ठाउँबाट उत्पादित घरेलु मदिरा पर्सा र बाराका विभिन्न स्थानमा पुग्ने गर्छ। प्रहरी चौकी बिरुवागुठीले आर्थिक प्रलोभनमा परी सो गाउँमा मदिरा उत्पादन गर्न छुट दिएको स्थानीयले आरोप लगाएका छन्।
झबराहामा चार सय घरधुरी छन्, जसमध्ये तीन सय घरधुरीले अवैध घरेलु मदिरा उत्पादन गर्छन्। यहाँबाट उत्पादित मदिरा मिलनचोक, बेलवा, वीरगंज, अलौं, विन्ध्यवासिनी, डोकैला बहुअरी, रङ्गपुर, श्रीपुर पंचगावाँ, जीतपुर, सिमरा, परवानीपुरलगायतका स्थानमा पुग्ने गर्छ।
सो स्थानमा लामा र गुरुङ समुदायको बसोबास रहेकाले उनीहरूले आफ्नैलागि मदिरा बनाउने गरेको बताउँछन्। लालपुर्जा नहुँदा बैंकबाट ऋण नपाउने र कुनै व्यवसाय गर्न नसकेको कारण बाध्य भएर मदिरा उत्पादन गर्नुपरेको स्थानीयले बताए। अवैध घरेलु मदिरा बनाउनको लागि उनीहरूले नजीकैको वनजङ्गलबाट दाउरा ल्याउने गर्छन्, जसले गर्दा वनविनाश पनि बढेको छ।
यसबारेमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीलाई जानकारी गराउँदा मदिरा उत्पादन गर्नेलाई कारबाई गर्ने बताएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्