नगरपालिकाको आफ्नै भवन निर्माण शुरू

0
47

प्रस, रौतहट, ४ पुस÷
देवाही गोनाही नगरपालिकाको भवन निर्माण कार्य शुरू भएको छ। नगरपालिकाको आफ्नै भवन निर्माण कार्यको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजदेव रामले अनुगमन गर्ने गरेका छन्।
देवाही गोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्र पटेल र उपप्रमुख परनियादेवी पटेलको पहलमा आफ्नै भवन निर्माण भइरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामले बताए। चार तले नक्शा डिजाइनमा रहेको कार्यालय भवनको दुई तला भवनको यस वर्ष टेन्डर भई निर्माण कार्य शुरू गरिएको उनले बताए। गुणस्तरयुक्त कार्यका लागि नगरपालिकाबाट निरीक्षण तथा अनुगमन भइरहेको अधिकृत रामले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्