छानबिनमा महानगरको गलती

99

प्रस, परवानीपुर, ४ पुस/
वीरगंज–१६ रजतजयन्तीमा सञ्चालनमा रहेको नेपाल–इन्डो हस्पिटल एन्ड आई सेन्टरको विषयमा स्थानीय प्रशासनले छानबिन गरिरहेको जनाएको छ। गत मङ्सिर २३ गते पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल नेतृत्वको टोलीले उक्त अस्पताल मापदण्डविपरीत सञ्चालन भइरहेको र कर छली गरिरहेको सूचनाको आधारमा छापा मारी कागजात नियन्त्रणमा लिएको थियो।
दुई साता बिते पनि छानबिन नटुङ्गिएको पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए। उनले भने, “शुरूमा वीरगंज महानगरको स्वास्थ्य महाशाखाको गलती देखिएको छ, सोको परीक्षणको लागि प्रमुखलाई बोलाइरहेका छौं, अन्य कर्मचारी आइरहेका छन्, कुन आधारमा ११ शøयाको आँखा अस्पतालबाट एकैचोटि २५ शøया क्षमताको बन्यो, सो कुरा खोतलेका छौं, चाँडै पत्रकार सम्मेलन गरी कारबाई प्रक्रियाबारेमा सबैलाई जानकारी गराउनेछौं।”
नेपाल–भारत सीमा क्षेत्रमा पर्ने उक्त अस्पतालले मेडिकल काउन्सिलमा दर्ता नभएको चिकित्सकबाट सेवा दिन लगाएको र दुईथरीका बिल सेवाग्राहीलाई दिने गरेको पाइएकोले आन्तरिक राजस्व कार्यालय पर्सालाई कर छलीको मुद्दामा छानबिन गर्न पनि निर्देशन दिइसकिएको उनले बताए। उनले अस्पताल सञ्चालनको विषयमा दोषीमाथि कानूनबमोजिम कारबाही हुने बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्