सर्पपालनको लागि जग्गा खाली गराइँदै

104

प्रस, सर्लाही, ३ पुस/
एन्टिस्नेक भेनम तयार गर्नका लागि स्थापना भएको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले विषालु सर्प पाल्न  खरीद गरेको जग्गा खाली गराउने कार्य अन्तिम चरणमा पुगेको छ । प्रतिष्ठानले लालबन्दी नगरपालिका–६ मा साढे आठ बिघा जग्गा खरीद गरेको प्रतिष्ठानले जनाएको छ।
हालसम्म नेपालमा ‘एन्टिस्नेक भेनम’ उत्पादन गर्न नसकेको र सर्पदंशको उपचारमा भारतसँग निर्भर हुनुपरिरहेको अवस्थामा प्रतिष्ठानले स्वदेशमैं ल्याब स्थापना गर्न लागेको हो। एन्टिस्नेक भेनम उत्पादन तथा अनुसन्धान परियोजनाका लागि सङ्घीय, प्रदेश र लालबन्दी नगरपालिका गरी तीनवटै निकायसँग सम्झौता गरिसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्लाहीका अध्यक्ष तथा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष रेवती पन्तले बताएका छन्।
निर्माणस्थलका लागि जग्गा खाली गर्न जग्गाधनी किसानहरूलाई अग्रिम सूचना दिइएकोमा रूख, बोटबिरुवा हटाइसकिएको तर केही जग्गामा उखुबाली भएको र किसानको उखु कटानको चलानसमेत नआइपुगेको गुनासो आएकोले किसानको समस्यालाई मध्यनजर गर्दै खाली गर्न केही समय थप गरिएको प्रतिष्ठानका निर्देशक उमेश बरालले जानकारी दिए। उक्त स्थलमा छिट्टै ठेक्काको प्रक्रिया र जमीन सम्याउने कामसमेत एकसाथ अगाडि बढाइने उनले बताएका छन्।
आउने फागुनको पहिलो सातादेखि परिसरसहित अस्पताल भवन र अन्य संरचना निर्माणको काम अगाडि बढाइने बताउँदै अध्यक्ष पन्तले आउने दुर्ई वर्षभित्र भवनलगायतका सबै संरचना बनाएर सर्पको विष उत्पादन हुने कार्ययोजना रहेको सुनाए। उत्पादित विष घोंडामा प्रत्यारोपण गरेर त्यस घोंडाको प्लाज्माबाट प्रशोधन गरी एन्टिस्नेक भेनम स्वदेशमा नै उत्पादन गरिने प्रतिष्ठानले जनाएको छ।  
सो प्रयोजनका लागि नेपालको विभिन्न भूभाग तथा हावापानी भएको स्थानबाट ल्याइएका घोंडाहरूलाई पाल्नुपर्ने र विभिन्न जातको सर्पलाई समेत सुरक्ष्Fित तरीकाले पाल्नुपर्ने भएकोले भरपर्दो पूर्वाधारसहित पर्याप्त जमीन चाहिएको हो।
यो योजना लागू भएपछि स्थानीयस्तरमैं सयौंको सङ्ख्यामा रोजगारको अवसर सिर्जना हुनुका साथै लाखौं मानिसको जीवनमा सकारात्मक प्रभाव पर्ने अध्यक्ष पन्तले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्