ब्रह्म

0
91

शीतल गिरी 

गताङ्कको बाँकी…
साङ्ख्य–प्रतिपादित द्वैतवाद उपनिषद्को लागि रुचिकर छैन। सर्वातिशायी यथार्थसत्ता आधार अथवा व्याख्या हो त्यस संघर्षको जो आत्मा एवं प्रकृतिको मध्य चल्दछ  (प्रश्नोपनिषद्, १ ः ३)। यस्तो ठान्ने पनि गरिएको छ कि सम्पूर्ण संसारमा एउटै सामान्य प्रयोजनले काम गर्दछ र परिवर्तनको आधारभूमि पनि एक समान छ। उपनिषद्हरू थुप्रै अद्भुत र मिथ्या कल्पनाहरूद्वारा सृष्टि–रचनाको वर्णन गर्दै संसारका एकत्वरूपक सत्य सिद्धान्तको प्रतिपादन गर्दछ।
ब्रह्म नै यस सृष्टिको एकमात्र र सम्पूर्ण व्याख्या हो अर्थात् त्यही यस सृष्टिको उपादान एवं कारण पनि हो। संसारका विभिन्न सत्व त्यस एउटै विकासरूपी रस्सीको गाँठो समान हो, जो प्रकृतिबाट प्रारम्भ भएर आनन्दमा अन्त हुने गर्छ।
आत्मा पदार्थमा ठीक त्यसैगरी व्याप्त हुने गर्दछ, जसरी नून घोलिएर सम्पूर्ण पानीमा आफ्नो प्रभाव पार्दछ, आत्माबाट पदार्थ ठीक त्यसैगरी प्रार्दुभाव हुने गर्दछ, जसरी प्रज्वलित अग्निबाट फिलिङ्गो निस्किन्छ, अथवा जसरी माकुराको भित्रबाट उसले बुनेको जालको धागो निस्किन्छ (छान्दोग्य उपनिषद् ७ ः २१)। जहाँ कुनै वस्तुको प्रार्दुभाव हँुदा पनि त्यसबाट त्यसको उद्भवस्थानमा कुनै प्रभाव पर्दैन, यस्ता सिद्धान्तको पनि प्रस्तुत गरिएको छ। सूर्यबाट प्रकाश निस्कन्छ, तब पनि सूर्यमा कुनै परिवर्तन देखिंदैन। यो त्यस परवर्ती मतको युक्तियुक्त व्याख्या प्रतीत हुन्छ, जस अनुसार एक व्यक्ति ब्रह्मको आभास अथवा अभिव्यक्ति नै हो।  
थिबौत अनुसार (वेदान्तसूत्रको भूमिका, पृष्ठ १२३) यस्ता वाक्य छन्, “जसको निश्चित झुकाव ब्रह्मको सर्वगुणातीत एवं व्यक्तित्वरहित र भिन्नतारहित प्रज्ञाको पुञ्जको रूपमा उपस्थित गर्नेतर्फ छ।” र पृष्ठ १२५ मा “र बहुगुणात्मक नगदलाई प्रतीतिले निषेध गर्न सक्दैन, एउटा पूर्णसङ्गत परिकल्पनाको लागि अरू कुनै मार्ग खुल्ला थिएन, मात्र यसले त्यसले यथार्थताको नै निषेध गरोस् र यसलाई भ्रम मात्र भनेर व्याख्या गरौं, जसको कारण एउटा असत् तत्व छ र जो ब्रह्मको साथ निस्सन्देह सम्युक्त रहन्छ, तर जसले ब्रह्मको एकता भङ्ग गर्न सक्दैन मात्र यस कारण कि ऊ स्वयम् स्वभावबाट असद्रूप हो।” थिबौत अनुसार माया विविधताको अभिव्यक्ति यथार्थसत्ताको साथ एकत्वरूपमा समवेत गर्दछ, तर दुर्भाग्यवश एउटा अमूर्त रूप (भावात्मक) प्रज्ञाको भाव एउटा निरर्थक विचार हो, जो रूढिवाद–विरोधी उपनिषद्हरूलाई मान्य हुन सक्दछ। उपनिषद्हरू परम यथार्थसत्ताको अमूर्त रूप भावात्मक विचारको समर्थन गर्दैन। उपनिषद्हरूका दार्शनिक सिद्धान्त एकेश्वरवादको अपेक्षा अद्वैतपरक (अर्थात् अद्वैतको अभाव भएको) धेरै छन्। विषयी एवं विषयमध्येको भेद यद्यपि जगत्मा वास्तविक प्रतीत हुने गर्छ तर परमार्थरूपमा यसमा भेद छैन। हामी यस विश्वलाई विषयी र विषयको रूपमा आधा–आधा बाँड्न सक्दैनौं, किनभने दुवैको पृष्ठभूमिमा ब्रह्मको सत्ता विद्यमान छ। द्वैतको निषेध गर्दै पनि यो दृढतापूर्वक यसलाई स्वीकार गर्दैन कि सबै पदार्थ विलीन भएर एकत्वको रूपमा परिणत हुन सक्दछ, आलङ्कारिकरूपमा भलै यो स्वीकार गरौं। अन्य कतिपय उपनिषद्हरूका अनुकूल व्याख्याकार पनि दृढतापूर्वक भन्दछन्, उपनिषद्हरू मायाको सिद्धान्तलाई संसारको भ्रान्तिपूर्णताको अर्थमा स्वीकार गर्दछ। यस किसिमको कथनले कहाँसम्म मूल्य राख्दछ, यो हेर्नुपर्ने हुन्छ।   
ब्रह्म सूक्ष्मभन्दा सूक्ष्म धूलकणमा मात्र हैन, क्षुद्र रजकणमा पनि छ  (मुण्डक उपनिषद्, २ ः २, ११)। यथार्थसत्ताको स्वीकृतिभित्र ती सबैको पनि स्वीकृति आउँदछ, जुन त्यसमा आधारित छ। ब्रह्मको एकमात्र यथार्थ सत् मानिलिनाले ती सबै पदार्थका सापेक्ष सत्ताको पनि स्वीकृति जुन उक्ति अन्तर्गत छ अथवा उसको माथि आश्रित छ, स्वतः निष्कर्षरूपमा आउँदछ। ड्यूसन बलपूर्वक भन्दछन्, “आत्माको ज्ञानले नै सबैको ज्ञान भइहाल्छ, बहुत्वको विचारको स्वतः खण्डन भइहाल्छ।”
ड्यूसनले यो कथन भन्दाखेरी उपनिषद्हरूका दार्शनिक मौलिक सत्यलाई दृष्टिबाट एकदम ओझेल पारिदिन्छ कि उपनिषद्को दार्शनिक विचार अनुसार, “समस्त विश्व, सबै बच्चा, धन सम्पत्ति एवं ज्ञानको अन्तमा अवश्यमेव शून्यमा परिणत भएर विलुप्त भइहाल्छ, किनभने तिनीहरू हुन् नै शून्यरूप।” (पञ्चास्तिकायसमयसार, १६८) यस कल्पनाको आधारमा यो पनि आवश्यक भइहाल्छ, ती सब उपनिषद्वाक्यहरूको पनि कुनै न कुनै उचित समाधान गर्नुपर्छ, जो विश्वको आधार स्वरूप ब्रह्म र व्यक्तिरूप आत्माको भौतिक तत्वलाई एकात्मक भनिन्छ। ड्यूसनले पछि गएर यसको व्यवस्थापन यसरी गरेका छन्, “ब्रह्मवादमा ब्रह्मलाई एउटा भौतिक तत्वको आकृति दिएर (उपनिषद्ले) आफ्नो अनुकूलता (समवायरूपक) यहाँ पनि प्रदर्शित गरेको छ,” (पञ्चास्तिकायसमयसार, १७१)। “उपनिषद्ले हाम्रोभित्र अत्यन्त अणुरूपमा अवस्थित आत्मा हाम्रोबाहिर अवस्थित अनन्तरूपमा महान् आत्माको साथ तादात्म्य–वर्णन गर्दै एक विशेष प्रकारको सुख अनुभव गर्दछ,” (पञ्चास्तिकायसमयसार, २३७)। जब हामी कष्टमा हुन्छौं, ईश्वरलाई बीचमा पार्ने आवश्यकता छैन, मात्र दुर्बल मानव–स्वभावको साथ अनुकूलन गर्ने आवश्यकता छ।
अमूर्त प्रत्ययवादको विपरीत उपनिषद्हरूका सिद्धान्तको वैशिष्ट्य यो हो कि ती दृढविश्वासको साथ सत्य घटनाप्रति भक्तिभाव छ। यसको सर्वोच्च तत्व अथवा ईश्वर एक नित्यस्थायी आत्मा हो, जो सर्वातिशयी हो र आफूभित्र प्रमेय जगत् एवं प्रमाता मानव पनि समाविष्ट रहन्छ। (तैत्तिरीय उपनिषद्) सबभन्दा उत्तम अवस्थामा मात्र एउटा ब्रह्म नै सत रहन्छ। “यसको अतिरिक्त हामीलाई केही पनि दृष्टिगोचर हँुदैन, श्रुति गोचन हुँदैन र न त ज्ञानगोचर नै हुन्छ,” (छान्दोग्य उपनिषद्, ७ ः २३)।   
अन्य प्राण्ीाहरू भोक र प्यासलाई एकै किसिमले बुझ्दछन् तर उनीहरूले वाणीद्वारा प्रकट गर्न सक्दैनन्। तिनीहरूलाई थाहा हुँदैन कि भोलि के हुनेवाला छ, र न त तिनीहरू दृश्य एवं अदृश्य जगत्को विषयको बारेमा नै केही जान्दछन्। तिनीहरू एउटा सीमाभन्दा बाहिर जान सक्दैनन् (ऐतरेय आरण्यक २ ः ३, १–५)।  
वस्तुहरूको परस्पर रूप परिवर्तित हुनु यस्तो कुनै चीज होइन। जब हामी दहीलाई मथेर त्यसबाट मख्खन निकाल्दछौं, तब दही मख्खनको रूपमा परिवर्तित हुन्छ, यस्तो कुरो होइन, तर मख्खनको कण पहिलेदेखि दहीमा विद्यमान थियो, जो मथ्दा माथि आयो  (छान्दोग्य उपनिषद्, ६ ः ६, १)। अनक्सागोरस नामक दार्शनिकको कथनमा अलग–अलग प्रकारका प्राकृतिक तत्व एकअर्काभित्र प्रवेश गर्दछ, यसै समान छ ः “तब यदि एउटा भौतिक तथ्य, जस्तो एउटा पौष्टिक भोजनको परिपाक, यो प्रदर्शित गर्दै गरेको प्रतीत हुने गर्दछ कि अन्न, मासु र अस्थिको रूपमा परिवर्तित अवश्य यस रूपमा गर्नुपर्छ, अन्न आफूभित्रको त्यो वस्तु यति सूक्ष्म राशिमा उपस्थित छ, जो हामीलाई प्रत्यक्षतः हुन सक्दैन तर त्यही परिवर्तित हुन्छ। यथार्थरूपमा अन्न, मासु, रगत, मासी एवं हड्डीका कणहरूलाई आफूभित्र निहित राख्दछ” (एडम्सन ः “दि डिभलेपमेन्ट अफ ग्रीक फिलोसफी”, पृष्ठ ५०)।
दुइटा चरा, एउटै जस्तो र परस्पर मित्र एउटै रूखमा बस्दछन्। त्यसमध्ये एउटाले त रूखको स्वादिष्ट फलको स्वाद लिन्छ तर अर्कोले फल नखाएर त्यसलाई हेरिरहन्छ। त्यस्तै, संसाररूपी वृक्षमा मानव ईश्वरको साथमा निवास गर्दछ। आपत्तिहरूमा परेर बेहोश बन्छ र आफ्नै अशक्तता या दुःख प्रकट गर्दछ। तर जब ऊ अरूलाई हेर्दछ, जगत्को स्वामीलाई, तब उसको सान्निध्यमा प्रसन्न बन्दछ। आहा, कति दिव्यज्योति। त्यतिखेर उसको विपत्तिको अन्त भइहाल्छ (मुण्डक उपनिषद्, ३ ः १, २)।  
“तिमी मेरो विश्रामस्थान हौ,” (तेत्तिरीय उपनिषद्, १ ः ४)। परमेश्वरको साथ ऐक्य प्राप्त गर्नु मनुष्यको आदर्श हो। मानवीय चेतना एवं अन्य सबैको भित्र जुन भेद छ, त्यो हो, जहाँ अरू सब शान्तिको खोजी गर्दछ, मात्र मनुष्यको अन्तिम उद्देश्य नै विचार हो।   
“अब विरोचन आफ्नो विचारबाट सन्तुष्ट असुरहरूका नजीक गयो र उनीहरूलाई यस सिद्धान्तको उपदेश दिन थाल्यो, शरीरधारी आत्माको मात्र पूजा गर्नुपर्दछ, र यसैको मात्रै सेवा गर्नुपर्दछ, र त्यसले जुन शरीरको पूजा गर्दछ एवं यसको सेवामा रत रहन्छ, इहलोक एवं परलोक दुवै लोक प्राप्त गर्दछ। यस कारण ऊ यस्तो मनुष्य जो अहिले छ त मनुष्य तर यस लोकमा दान गर्दैन, जो श्रद्धावान् छैन र यज्ञ गर्दै गर्दैन, असुर नामले पुकारिन्छ किनभने यस प्रकारको सिद्धान्त असुरको नै हुन्छ,” (छान्दोग्य उपनिषद्, ८ ः ८, ४–५)। क्रमशः

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्