पेस्तोलसहित युवक पक्राउ

112

प्रस, रौतहट, ३ पुस/
जिल्ला प्रहरी कार्यालय रौतहटले कटुवा पेस्तोलसहित एकजनालाई बिहीवार साँझ पक्राउ गरेको छ।
दुर्गाभगवती गाउँपालिका–५ झाँझपुलमा प्रहरीले चेकजाँच गर्ने क्रममा भारतीय मोटरसाइकलमा सवार यमुनामाई गापा–४ बस्ने २५ वर्षीय दिलीप साहलाई पक्राउ गरेको जिप्रका रौतहटले जनाएको छ। साहले कम्मरमा लुकाएको कटुवा पेस्तोल र १ राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्