अनियमितताको आरोप लगाउँदै स्थानीयहरूद्वारा कार्यालय घेराउ

106

प्रस, रौतहट, ३ पुस/
राजदेवी नगरपालिकामा व्यापक अनियमितता भएको आरोप लगाउँदै स्थानीयहरूले कार्यालय घेराउ तथा धर्ना दिएका छन्। सर्वपक्षीय सङ्घर्ष समिति गठन गरी घेराउ तथा धर्ना शुक्रवारदेखि शुरू भएको हो।
गत आवमा भएको खर्च सार्वजनिक गर्न माग गर्दै धर्ना दिएको समितिले जनाएको छ। यसअघि नगरपालिकाका कर्मचारीहरूले तलब नपाएको भन्दै ज्ञापनपत्र बुझाएका थिए। यसैगरी, नगरपालिकाभरिमा रहेका शिक्षकहरूले तलब नपाएको भनी ज्ञापनपत्र दिएका थिए। सर्वपक्षीय सङ्घर्ष समितिका संयोजक रामेश्वरराय यादव नेतृत्वको टोलीले १४ बुँदे माग राखी गत आइतवार नगरप्रमुख धीरेन्द्रकुमार सिंहलाई ज्ञापनपत्र बुझाएको थियो। २०७६ कात्तिक ४ गते  बुझाइएको ज्ञापनपत्रमार्फत राखिएको १४ बुँदे माग सम्बन्धमा २५ गते नगरपालिका तथा समाजवादी पार्टीबीच सम्झौता भएको थियो। २०७७ असार ८ गते नगरसमितिको बैठकबाट गरिएको निर्णय कार्यान्वयनको माग गर्दै दबाबमूलक उद्देश्यले दोस्रोपटक समितिले ज्ञापनपत्र बुझाए पनि वास्ता नगरिएकोले बाध्य भएर आन्दोलन गर्नुपरेको संयोजक यादवले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्