पठनपाठन प्रभावित नहुनेगरी दरबन्दी मिलान हुन्छ –नगरप्रमुख

0
42

प्रस, वीरगंज, २ पुस/
वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले वीरगंज महानगरका विद्यालयहरूमा शिक्षक दरबन्दी मिलान गर्दा विद्यार्थीहरूको पठनपाठनमा प्रभाव नपर्नेगरी मिलान गरिने बताएका छन्। महानगर वडा नं १४ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको भवन शिलान्यास कार्यक्रममा बिहीवार  नगरप्रमुख सरावगीले सो कुरा बताएका हुन्।
महानगरपालिकाले शिक्षक दरबन्दी मिलान गरेर महत्वपूर्ण काम गरेको दाबी गर्दै उनले महानगरको नमूना हेरेर अन्य पालिकालाई पनि दरबन्दी मिलान गर्न सहज भएको बताए। जहाँ बढी दरबन्दी काटिएको छ, त्यहाँ उचित व्यवस्थापन गरिने र त्यसको लागि सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूले पनि सहजीकरण गर्नुपर्नेमा नगरप्रमुख सरावगीले जोड दिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र संघईको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, शिक्षक, शिक्षिका, विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय सहभागिता थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्