एक गापामा दुईजना कार्यकारी अधिकृत, विवाद उत्कर्षमा

0
51

प्रस, वीरगंज, २ पुस/
जीराभवानी गाउँपालिकामा दुईजना प्रमुख प्रशासकीय अधिकृत भएपछि विवाद उत्कर्षमा पुगेको छ। पहिलेदेखि सो गापामा प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता रहे तापनि आज अर्को पक्षले सुरेश साहलाई कार्यालयमा हाजिर गराउँदै  स्वागत गरेपछि विवाद उत्कर्षमा पुगेको हो। गापा अध्यक्ष रामप्रीत महतो र उपाध्यक्ष उषादेवी थरुनीको झगडाले एउटै कार्यालयमा दुईजना प्रमुख प्रशासकीय अधिकृत हाजिर भएको बताइन्छ।
तत्कालीन कार्यालय प्रमुख कुलोत्तम पोखरेलले अनिवार्य अवकाश पाएपछि गापा उपाध्यक्ष्F थरुनीले कार्यालयका शिवचन्द्र ठाकुरलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएपछि गापा अध्यक्ष महतोसँग विवाद भएको थियो। ठाकुर गापा अध्यक्षको आफ्नो मान्छे नभएपछि उनी मन्त्रालयमा पुगेर प्राण मेहतालाई गापाको प्रशासकीय अधिकृत बनाएर ल्याएका थिए।
मेहता आएदेखि उपाध्यक्ष थरुनीले विभिन्न षड्यन्त्र गर्दै आएको कर्मचारीको भनाइ छ। कर्मचारी स्रोतका अनुसार उपाध्यक्षले छुट्टै माइन्युट बुक बनाइ मन्त्रालयमा पुगेर मेहतालाई सरुवा गराइ साहलाई नयाँ प्रशासकीय अधिकृत बनाएर ल्याएपछि विवाद उत्कर्षमा पुगेको छ। गापा अध्यक्षको तोकविना प्रशासकीय अधिकृत हाजिर हुन नसक्ने कानूनमा व्यवस्था छ।
अहिले अध्यक्ष महतो र प्राण मेहता काठमाडौंमा छन्। हिजो उपाध्यक्ष्F थरुनी मन्त्रालय पुगेर साहलाई जिल्ला समन्वय समिति सर्लाहीबाट सरुवा गराइ आफूसँगै लिएर आएकी थिइन् र आज आफ्नै तोकआदेशमा साहलाई हाजिर गराएको कर्मचारी स्रोतले जानकारी दिएको थियो।
सो गापामा दुईजना प्रमुख प्रशासकीय अधिकृत छन्। उनीहरूको विवादका कारण कर्मचारी कार्यालयमा नआउँदा दैनिक कामकाजमा अवरोध भएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्