लाइसेन्सको ट्रायल शुरू

224

प्रस, परवानीपुर, १ पुस/
कोरोना महामारीको कारण बन्द भएको लाइसेन्सको ट्रायल शुरू भएको छ। यातायात व्यवस्था कार्यालय लाइसेन्स शाखा वीरगंजले एक साताअघि थाती रहेको ट्रायल सञ्चालनमा ल्याएको  सवारी शाखा वीरगंजका प्रमुख सुशील साहले जानकारी दिए।
कार्यालयले लिखित परीक्षामा पास भई ट्रायल बाँकी रहेका परीक्षार्थीहरूको लागि डिसेम्बर १ मा लाइसेन्स डट नारायणी फेसबूक पेजमार्फत सूचना प्रकाशित गर्दै स्कूटर, मोटरसाइकल, कार, जीप, भ्यान, टेम्पो, ईरिक्शा, डिसेम्बर ७ का दिन सूचना प्रकाशित गर्दै समूह ‘ए’ र नयाँ थपको लागि ट्रायल बाँकी रहेका परीक्षार्थीको लागि ट्रायल लिएको छ। त्यसैगरी, पुस २ र ३ गते ट्याक्टरको ट्रायल पनि हुने बताइएको छ। मेशिनरी वर्गको ट्रायल पुस ६ र ७ गते छातापिपरामा हुने जनाइएको छ।
कार्यालय प्रमुख साहका अनुसार नयाँ लाइसेन्स दर्ता र प्रक्रियाको लागि केन्द्र सरकारको यातायात व्यवस्था मन्त्रालयसँग अनुमति मागेको र अनुमति आउने बित्तिकै नयाँ लाइसेन्सको प्रक्रिया अगाडि बढाउने उनले जानकारी गराए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्