मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा टाइगर समूह विजयी

0
55

प्रस, वीरगंज, १ पुस/
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बुधवार जिल्ला प्रहरी कार्यालय, पर्साको खेल मैदानमा आयोजित मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा स्थानीय सङ्घसंस्था सम्मिलित टाइगर समूहले प्रहरीलाई पराजित गरेको छ।
विपद् व्यवस्थापन गुल्म वीरगंजले आयोजना गरेको मैत्रीपूर्ण खेलमा सङ्घसंस्था सम्मिलित टाइगर समूहले नेपाल प्रहरीलाई ५ रनअन्तरले पराजित गरेको थियो।
टस जितेर ब्याटिङ गरेको टाइगर समूहले निर्धारित १२ ओभरको खेलमा ८ विकेट गुमाएर ७० रन बनाएको थियो।
प्रतिउत्तरमा नेपाल प्रहरी निर्धारित ओभरमा ८ विकेट गुमाएर ६५ रनमा सीमित रह्यो।
विपद् व्यवस्थापन गुल्मका प्रहरी निरीक्षक सरोज प्रजापतिको अध्यक्षतामा भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको प्रहरी उपरीक्ष्Fक गङ्गा पन्तले उद्घाटन गर्नुका साथै विजयीलाई नगदले पुरस्कृत गरेकी थिइन्।
प्रतियोगितामा विजयी टाइगर समूहलाई नगद रु ५१ सय र म्यान अफ द म्याच घोषित भएका प्रहरीका रविचन्द्र धामी र टाइगर समूहका अङ्कितकुमार खेतानलाई जनही रु ११ सय प्रदान गरिएको ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्