बैंकर्स एशोसिएशनद्वारा केडिया र गुप्ता सम्मानित

172

प्रस, परवानीपुर, १ पुस/
वीरगंज बैंकर्स एशोसिएशनले हालै निर्वाचित नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्यद्वय गोपाल केडिया र सुबोध गुप्तालाई सम्मान गरेको छ।
वीउवासङ्घको सभाहलमा आयोजित समारोहमा दोसल्ला ओढाइ उनीहरूलाई सम्मान गरिएको थियो। एशोसिएशनका निवर्तमान अध्यक्ष रोशनभक्त श्रेष्ठले वीरगंजबाट दुईजना प्रतिनिधि निर्वाचित हुँदा खुशी लागेको चर्चा गर्दै वीरगंज क्षेत्रका समस्याहरू केन्द्रसम्म पु–याउन मदत मिल्ने धारणा राखे।
कार्यक्रममा बैंकर्स एशोसिएशनका अध्यक्ष तथा एनएमबी बैंक वीरगंजका प्रबन्धक दीपेन्द्र मिश्र, प्रभु बैंकका प्रदेश २ प्रबन्धक मन्त्रीलाल गुप्ता, नेपाल इन्भेस्टमेन्ट बैंकका शाखा प्रबन्धक अमितेश यादवलगायतको सहभागिता रहेको ग्लोबल आइएमई बैंकका प्रबन्धक सन्तोष साहले जानकारी दिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्