बालविवाह गराउने पुरोहितसहित ६ जना पक्राउ

0
55

प्रस, रौतहट, १ पुस/
     बालविवाह गराइरहेको अवस्थामा रौतहटमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । गरुडा नगरपालिका–५ शिवनगर मन्दिरमा भइरहेको बालविवाहमा ईशनाथ नगरपालिका–३ औरैयाका पुरोहित कपिलदेव चौबेसहित ६ जना पक्राउ परेका हुन् ।
    १५ वर्षीया बालिकाको २४ वर्षका युवकसँग विवाह गराउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।
    पुरोहितसहित पक्राउ पर्नेमा बेहुला मुकेश गिरी, बेहुलाका बुबा रामसागर गिरी, काका रामश्रेष्ठ गिरी, बेहुलीकी आमा लक्ष्मी गिरी र काकी गीता गिरी रहेको प्रहरीले जनाएको छ । धनसम्पत्तिको प्रलोभनमा परेर बालिकाको विवाह भइरहेको सूचना पाएपछि विवाहस्थलमा पुगेको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
    पक्राउ परेकाहरूलाई बालविवाह सम्बन्धी कसूरमा रौतहट जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्