ठूलो परिमाणमा प्याज बरामद

75

प्रस, वीरगंज, १ पुस/
जिल्ला प्रहरी कार्यालय, पर्साले १३ लाख मूल्यबराबरको प्याज बरामद गरी भन्सार चलान गरेको छ।
बजारमा प्याजको अभाव भएको बेलामा भारतबाट भन्सार छली भण्डारण गरिएको सूचनाको आधारमा वीरगंज–६ मीनाबजारस्थित बलरामजीप्रसाद कलवारको गोदामबाट २१ हजार किलो प्याज बरामद भएको जिप्रका पर्साले जनाएको छ। सूचनाको आधारमा छापा मारी भण्डारण गरिएको प्याज बरामद गरी आवश्यक कारबाईको लागि वीरगंज भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्