अध्यादेश लोकतन्त्रको मर्मविपरीत –मन्त्री सोनल

0
45

प्रस, परवानीपुर, १ पुस/
प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले प्रधानमन्त्री केपीशर्मा ओलीले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश निरङ्कुशताको पराकाष्ठा र लोकतन्त्रविपरीत भएको बताएका छन्।
महोत्तरीको लोहारपट्टि गापा–४ गोरुका–पिपरारी सडकखण्डमा पर्ने बिगही नदीको पुल शिलान्यास गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्। उनले प्रधानमन्त्रीलाई जे जे मन लाग्छ त्यही–त्यही गरिरहेको आरोप लगाए। अध्यादेश ल्याइ सरकारले आफ्नो मनपरीको उदाहरण पेश गरेको उनको भनाइ थियो।
रु १७ करोड ७१ लाख १ हजार लागतको पुल निर्माण सम्पन्न अन्तिम म्याद २०७९ वैशाख २ गतेसम्म छ।
जसपाका वरिष्ठ नेता शरत्सिंह भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संविधानसभा सदस्य डा विजय सिंह, धर्मेन्द्र साह, प्रदेश सांसद जैनुल राइन, सुजिता साह, कौशलकिशोर यादवलगायतको सहभागिता थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्