अधूरो धर्मशालाको ठेकेदारलाई भुक्तानी

62

प्रस, वीरगंज, १ पुस/
जगरनाथपुर गाउँपालिका–६ प्रसौनीटोलमा नवनिर्मित धर्मशालाको निर्माण कार्य सम्पन्न नभएको अवस्थामा ठेकेदारलाई भुक्तानी गरिएको पाइएको छ।
धर्मशाला निर्माणमा ठेकेदारले मनपरी गरेकोमा कारबाई गर्नुपर्नेमा उल्टो भुक्तानी गरिएकोमा स्थानीयले आक्रोश व्यक्त गरेका छन्। आव २०७५/७६ मा सोनी कन्स्ट्रक्शनले सो धर्मशाला निर्माणको ठेक्का लिएको थियो। ठेकेदारले धर्मशाला निर्माणमा कमसल निर्माण सामग्रीको प्रयोग गर्दा पनि जनप्रतिनिधिहरूले चासो नदेखाएको र धर्मशालामा प्लास्टरसमेत नभएको अवस्थामा ठेकेदार कम्पनीलाई भुक्तानी गरिएको स्थानीयले बताए।
धर्मशाला निर्माणमा अझै धेरै काम बाँकी भएको स्थानीयको दाबी छ। नवनिर्मित धर्मशाला निर्माण कार्य सम्पन्न नहुँदै बिग्रन थालेको स्थानीयले आरोप लगाएका छन्। गापाका वडाध्यक्ष्F रामअयोध्या पटेलले ठेकेदारले बाँकी काम गर्ने आश्वासन दिएको बताए। इन्जिनीयर सद्दाम हुसेनले आर्थिक मसान्तको अन्त्यसम्म ठेकेदारले गरेको कामको भुक्तानी दिएको बताएका छन्। उनले पूर्णरूपमा काम सम्पन्न नगरेकोले रकम कटौती गरेर भुक्तानी दिएकोले योजना अधूरो भएको बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्