हिन्दू राष्ट्र नेकाको पार्टी लाइन होइन –नेता सिंह

69

प्रस, जनकपुरधाम, ३० मङ्सिर/
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले हिन्दू राष्ट्रको माग वा सोबारे छलफल, बहस वा जनमत सङ्ग्रह नेपाली काङ्ग्रेसको लाइन नभएको प्रस्ट पारेका छन्।
पार्टीका महामन्त्री डा शशाङ्क कोइरालाले हिन्दू राष्ट्रको लागि जनमत सङ्ग्रह हुनुपर्ने विचार प्रकट गरेपछि पार्टीका वरिष्ठ नेताहरूकै पहल, सङ्घर्ष र प्रयासमा मुलुक धर्मनिरपेक्ष बनेको स्मरण गर्दै नेता सिंहले अग्रगामी निर्णयविरुद्ध जान नमिल्ने तर्क दिए। नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा वर्तमान सरकारले संसद्लाई विधि र प्रक्रियामा सञ्चालन हुन नदिएको नेता सिंहको आरोप थियो।
सो पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका सिंहले सरकारले जनताका दुःख, कष्टको आवाजलाई नसुनेको भनी चिन्ता व्यक्त गरे । सरकारले परराष्ट्र नीति सञ्चालन गर्दा राष्ट्रहितलाई ध्यानमा नराखी कम्युनिस्ट पार्टीको हितलाई मात्र प्राथमिकता दिएको आरोप लगाउँदै पूर्वउपप्रधानमन्त्री सिंहले कोरोनाका नाममा सीमानाका बन्द गर्दा जनताले सास्ती भोग्नुपरिरहेको अवस्थाप्रति तीनै तहका सरकार गम्भीर हुनु जरुरी रहेको बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्