मन्त्री साहद्वारा स्वास्थ्यचौकी भवन उद्घाटन

93

प्रस, सप्तरी, ३० मङ्सिर/
प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नं ४ स्थित मधुवापुरमा स्वास्थ्यचौकीको उद्घाटन गरेका छन्।
नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री साहले भवन निर्माणपछि स्थानीय बासिन्दाले सहजपूर्ण तरीकाले गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गरे। सघन शहरी विकास तथा भवन निर्माण योजनाको दुर्ई करोड ५३ लाख रुपैयाँ लागतमा सो भवन निर्माण भएको हो। सो अवसरमा मन्त्री साहले स्वास्थ्य चौकीको स्तरोन्नति र थप सेवा विस्तारमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्