बकैया र धन्सार खोलाको ठेक्का लाग्यो

65

प्रस, निजगढ, ३० मङ्सिर/
निजगढ नगरपालिकाले बकैया र धन्सार खोलाको नदीजन्य पदार्थको ठेक्का रद्द गरेपछि पुनः ठेक्काका लागि बोलपत्र आह्वान गरेकोमा मूल्य अभिवृद्धि करबाहेक १६ करोड रुपैयाँमा ठेक्का लागेको छ। आज मङ्गलवार गोप्य शिलबन्दी बोलपत्र खोल्दा निजगढको हिमानी सप्लायर्सले सो रकममा ठेक्का सकार गरेको हो। सो सप्लायर्सले बैंक ग्यारेन्टीका लागि धरौटी रकम ८० लाख नगद जम्मा गरेको थियो।
हिजो सोमवार १३ वटा बोलपत्र फर्म बिक्री भएपनि चारवटा ठेकेदार फर्मले  बोलपत्र फाराम भरेका थिए।
त्यसैगरी, जीतपुरसिमराको ओम हार्डवेयरले १५ करोड १० लाख, सप्तकोशी जलाधार/ओम सFइँ एन्ड कम्पनी जेभी काठमाडौंले १५ करोड ५ लाख र सुदीपा ट्रेडिङ कम्पनी प्रालि काठमाडौंले १४ करोड ५९९ रुपैयाँको बोलपत्र फाराम भरेका थिए।
आज खोलिएको ठेक्कामा पनि बोलपत्र भर्नुअघि निजगढ–८ बकैया टोलस्थित होटल रुद्राक्षमा केही ठेकेदारले सेटिङ गर्ने प्रयास गरे पनि सफल नभएको स्रोतको दाबी छ। यसअघि रद्द भएको ठेक्का रकमभन्दा अहिले स्वीकृत भएको ठेक्का रकम अढाई करोड रुपैयाँले बढी छ।
निजगढ नगरपालिकाको बकैया र धन्सार खोलालाई समेटेर न्यूनतम ठेक्का रकम १३ करोड ३२ हजार ९१ रुपैयाँमा बोलपत्र आह्वान गरिएको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्