प्रजिअद्वारा ५ वटा गापामा अनुगमन, छलफल

75

प्रस, पंचगावाँ, ३० मङ्सिर/
पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले पटेर्वासुगौली, सखुवाप्रसौनी, धोबिनी, जगरनाथपुर र जीराभवानी गाउँपालिका अनुगमन गरेका छन्।
अनुगमनको क्रममा उनले छलफल गरेको पटेर्वासुगौली गापाका प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादवले बताए। उनले वडाका अतिविपन्न, ज्येष्ठ नागरिकको विवरण, विकासका गतिविधिबारे प्रजिअ तामाङलाई जानकारी गराएका थिए।
पटेर्वासुगौली गापाका अध्यक्ष हरिनारायण चौधरीले जनसमुदायले  पालिकाको विकास गतिविधि तथा अन्य कार्यमा हातेमालो गरे पालिकाको विकास हुने जानकारी गराए।
गापा उपाध्यक्ष ममता महतोले न्यायिक समितिको मुद्दा र कठिनाइबारे प्रजिअलाई जानकारी गराएकी थिइन्।
प्रजिअ तामाङले शीतलहरको बेला गरीब र ज्येष्ठ नागरिकलाई राहत दिन विवरण उपलब्ध गराउन, धोबिनी र जगरनाथपुरमा सशस्त्र क्याम्प स्थापना गर्नेबारे पनि छलफल भएको बताए। टोलीमा सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्कालगायत सहभागी थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्