ठोरी गाउँपालिकामा प्रयोगशालाको उद्घाटन

60

प्रस, ठोरी, ३० मङ्सिर/
ठोरी गाउँपालिका–४ विजयबस्तीस्थित निर्मलबस्ती स्वास्थ्य चौकीमा सोमवार प्रयोगशाला उद्घाटन भएको छ।
गापा अध्यक्ष पद्मलाल श्रेष्ठले  प्रयोगशालाको उद्घाटन गरेका हुन्। सो अवसरमा उनले गापामा प्रयोगशाला सञ्चालनमा आएपछि स्थानीय मानिस वीरगंज, भरतपुर सामान्य परीक्षणको लागि जानुपर्ने अवस्थाको अन्त्य भएको बताए। उनले गापाले ठोरीवासीको स्वास्थ्य समस्या ध्यानमा राखेर प्रयोगशाला सञ्चालनमा ल्याएको र यसअघि पनि स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम गरेको दाबी गरे।
गापा उपाध्यक्ष शान्तिमाया थिङले स्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएपछि स्थानीयलाई राहत भएको बताइन्। विजयबस्ती स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष एवं वडाध्यक्ष वईबहादुर पाख्रिनको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा वडाध्यक्षहरू सूर्यबहादुर लामा, रामबहादुर पाख्रिन, गापा सदस्य कान्छी पाख्रिन थिङ, तेजबहादुर श्रेष्ठ, मानबहादुर बुढाथोकी, धनकुमारी कामी, स्वास्थ्य संयोजक रमेशराज थिङलगायतको सहभागिता थियो।
प्रयोगशालामा टाइफाइड, मलेरिया, जन्डिस, हेपाटाइटिस बी, एचआइभी, युरिक एसिड, दिसा–पिसाब र खकार परीक्ष्Fण हुने स्वास्थ्य संयोजक थिङले बताए।
यसैगरी, रगत वर्गीकरण, हेमोग्लोबिन र मधुमेह परीक्ष्Fणलगायत २९ प्रकारका परीक्ष्Fण गर्न सकिने उनले जानकारी गराए। ठोरी गापामा सञ्चालित प्रयोगशालामा सेवा लिनेहरूलाई पचास प्रतिशत शुल्क कम लाग्ने पनि उनले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्