उखुको मूल्य तोक्न माग राख्दै किसानद्वारा प्रदर्शन

101

राधेश्याम पटेल, वीरगंज, ३० मङ्सिर/
पर्सा/बारा क्षेत्रका उखु किसानहरूले चालू आर्थिक वर्ष २०७७/७८ को लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ६४४ रुपैयाँ तोक्न सरकारसँग माग गरेका छन्। रु ६४४ मूल्य नतोके बाराको रिलायन्स सुगर एन्ड केमिकल प्रालि सञ्चालन गर्न नदिने चेतावनी किसानहरूले दिएका छन्।
उखु उत्पादक सङ्घ बाराका अध्यक्ष वीरेन्द्र कुशवाहाका अनुसार महँगी बढेको र उखु उत्पादनमा लागत बढ्दै गएकोले उखुको दाम बढाउनुपर्ने माग गरिएको हो। उनले गत वर्ष सरकारले प्रतिक्विन्टल समर्थन मूल्य रु ५३६ तोकेकोमा किसानको हकमा नभएकोले प्रतिक्विन्टल १०८ रुपैयाँ बढाएर उखुको मूल्य तोक्न किसानहरूले सरकारलाई अग्रह गरेका छन्। पुरानो जातको उखु रोप्दा क्विन्टलमा ९ किलो चिनी उत्पादन हुँदै आएको छ। पुरानो उखुको जात दुर्ई वर्षसम्म किसानले लगाएर काट्न सक्छन्।
नयाँ तथा उन्नत जातको एक क्विन्टल उखुबाट १२ किलोसम्म चिनी उत्पादन हुने गरेको उखु किसान सङ्घ पर्साका अध्यक्ष सहरुमराउत गद्दीले बताए। पर्सा, बाराका उखु किसानको उखु बाराको रिलायन्स उद्योगले खरीद गर्ने गरेको छ। पहिलेभन्दा क्विन्टलमा तीन किलो चिनी बढी उत्पादन हुने भएकोले उखुको समर्थन मूल्य ६४४ रुपैयाँ तोक्न किसानहरूको माग छ। गत कात्तिक २३ गते सरकारले डाकेको बैठकमा उखु किसानका प्रतिनिधिहरू उपस्थित नहँुदा समर्थन मूल्य तोकिएको थिएन।अहिले गत मङ्सिर २७ गतेदेखि देशभरका उखु किसान काठमाडौंमा उखुको बक्यौता रकम माग गर्दै आन्दोलनमा छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्