हात्ती देखेपछि भाग्ने क्रममा वृद्धको मृत्यु

85

प्रस, सप्तरी, २९ मङ्सिर/
सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका वडा नं ३ मा हात्ती देखेर भाग्दा आइतवार राति एक वृद्धको लडेर मृत्यु भएको छ।
दौलतपुर टोलका ७० वर्षीय सीताराम साह हात्तीलाई देखेर भाग्न खोज्दा लडेर बेहोश भएको र सोही क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।  राति करीब १ बजे पिसाब गर्न घरबाहिर निस्केका वृद्ध साहले जङ्गलबाट आएको हात्ती घरनजीकै देखेपछि भाग्ने क्रममा लडेका थिए। लडेर बेहोश भएको र तत्कालै उपचारका लागि लहानस्थित सप्तऋषि अस्पतालमा भर्ना गरिएकोमा  सोमवार बिहान ४ बजे उनको मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले बताए।
सप्तरीको उत्तरी र पूर्वी क्षेत्रमा बढ्दो हात्ती आतङ्कको कारण सो क्षेत्रका बासिन्दा त्रासपूर्ण अवस्थमा छन्। हात्तीले बालीनाली नष्ट गर्नुका साथै घर भत्काउने र मानिसको ज्यानसमेत लिने गरेको छ। आइतवार राति पनि एक हुल हात्ती गाउँमा प्रवेश गरेको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्