सेभेन साइड फूटबलको उपाधि वीरगंज युथ एकेडेमीलाई

142

प्रस, वीरगंज, २९ मङ्सिर/
सेभेन साइड फूटबल प्रतियोगिताको उपाधि वीरगंज युथ एकेडेमीले हात पारेको छ।
आज भएको फाइनल खेलमा युथ युनिटी क्लब वीरगंजलाई वीरगंज युथ एकेडेमीले ० का विरुद्ध १ गोल गरी पराजित गरेको थियो। पहिलो मध्यान्तरको १२औं मिनेटमा युथ एकेडेमीका आदित्य शाक्यले एक गोल गरेका थिए। सोही गोलका कारण शाक्य प्रतियोगिताको म्यान अफ दि म्याच घोषित भए।
त्यसैगरी, उत्कृष्ट खेलाडी युथ युनिटीका सिसास थापा र उत्कृष्ट गोलरक्षक वीरगंज युथ एकेडेमीका गोलकीपर जयराम चौधरी भएको आयोजक भगवती युवा क्लबले जानकारी गराएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्