विद्यार्थीलाई न्यानो कपडा वितरण

63

प्रस, ठोरी, २९ मङ्सिर/
ठोरी गाउँपालिका–२ वनशक्ति आधारभूत विद्यालयका ३२ जना विद्यार्थीलाई स्वीटर, टोपी, झोला वितरण गरिएको छ।
विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष एवं नेपाली काङ्ग्रेसकी नेत्री गीतादेवी विष्टले विद्यार्थीहरूलाई स्वीटर, झोला, टोपी वितरण गरेकी हुन्। चीसो बढेसँगै विद्यार्थीहरूलाई राहत होस् भनेर सो सामग्री वितरण गरिएको उनले बताइन्। चीसोमा लगाउने लुगाको अभावमा विद्यार्थीहरू विद्यालय आउन छाडेका हुँदा आफूले सानो प्रयास गरेको उनले बताइन्। बाल विकास तथा कक्षा १, २, ३ का ३२ जना विद्यार्थीलाई सो सामग्री वितरण गरिएको प्रअ त्रिलोचनप्रसाद पराजुलीले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्