मारमा किसान

0
46

यस्तो कुनै वर्ष छैन, जब किसानले बेलामा सिंचाइ, मल र बीउ पाएको समाचार छापिंदो होस्। किसानले बाली लगाइसकेपछि, अझ भनौं भिœयाइसकेपछि मल आपूर्तिकर्ता सरकारी निकायहरू दम्भपूर्वक उद्घोषणा गर्न थाल्छन्–हामीसँग मलको पूर्ण भण्डार छ, अब किसानलाई कुनै कठिनाई हुने छैन। तर लगत्तै बाली लगाउने बेला किसानले मल पाउँदैन। मल कुनै खाद्यान्न होइन कि मूसाले खायो भनौं, न हरियो तरकारी नै हो कि कुहिएर, सडेर–गलेर गयो भनौं। कथंकदाचित किसानले मल पायो भने पनि विभिन्न बिचौलिया खडा गरिएको हुन्छ, जसले थोरैथोरै पनि नाफा आफ्नो लागि जोगायो भने किसानको ढाड बाङ्गो हुन्छ। यो एउटा समस्या बित्न पाएको हुँदैन, बाली भिœयाएको किसानले उब्जनीको राम्रो मूल्य पाउँदैन। आजको समयमा किसान भनेको त्यो हो, जससँग आफ्नो जग्गा छैन। जग्गावाल कि शहर पसेको छ वा कमाइ गर्न विदेश लागेको छ। अनि अरूको खेत बटैया वा हुन्डामा कमाउने मानिस किसान बन्न  पुगेकोे छ, जोसँग पूँजीको कुरा नगरौं, पैसा पनि हुँदैन। उसले बाली भिœयाउनेबित्तिकै आफ्नो खर्च टार्न उत्तिनखेरै बाली बेच्नुपर्छ। त्यस बेला उसले मूल्य पाउन सक्दैन।
यो एउटा पक्ष भयो। धेरै किसानले थोरै मूल्य त के मूल्य नै पाउँदैनन्। उखु किसानको हविगत देशलाई नै थाहा छ। धेरै चिनी उद्योगहरूले उखु किसानको करोडौं रुपियाँ खाएर उद्योग नै बन्द गरेर बसेका छन्। तिनको वर्षौंको कमाइ म–यो। कसैले काटेको चेक बाउन्स भएर आयो भने ठगी मुद्दा लाग्छ, उसलाई तत्काल जेल पठाइन्छ, तर देशभरिले थाहा पाएको यस ठगी मुद्दामा भने सरकार मुसुमुसु हाँसेर बस्छ। यी र यस्तै अनेक फजिहत पाउने भएपछि अब कोही कृषिकर्मप्रति उत्सुक छैन। नगदे बालीको प्रचारप्रसार गरिन्छ, विभिन्न गोष्ठी–सेमिनार गरेर जडीबुटी खेती गर्न किसानलाई उत्साहित पारिन्छ, तर त्यो उत्पादन एकदुई बाली पछि नै कसैले खरीद गर्दैन। किसान इन्तु न चिन्तु बन्दछ। सरकार भने मुसुमुसु हाँसिरहन्छ। औषधि बनाउन तथा विभिन्न कार्यमा प्रयुक्त हुने वनस्पति आजसम्म्म कुनै पनि किसानले दुई वर्षभन्दा बढी उत्पादन गर्ने साहस गर्न सकेको छैन। किनकि दुई वर्षपछि यस्ता वनस्पति खरीद गर्ने संस्था कि किसानको पैसा मारेर वा आफैं टाट पल्टेर बेपत्ता भइसकेको हुन्छ। यसै पनि नेपालमा कृषि कर्ममा मानवशक्ति उपयोग हुन्छ।
किसानप्रति सरकारको खोटो नियत बुझेको युवापुस्ता कामचलाउ हैसियत प्राप्त गर्नेबित्तिकै ज्यानै फाल्ने जोखिम मोलेर पनि वैदेशिक रोजगारमा जान्छ। यो पुस्ता त्यै किसानको सन्तान हो। सरकार भने देशमा पर्याप्त जग्गा छँदाछँदै खाद्यान्न विदेशबाट मगाउनुपरेकोमा गोहीको आँसु चुहाउँछ। वैदेशिक रोजगारबाट घर फर्केका नागरिकका लागि विभिन्न कृषि आयोजनाहरूको घोषणा गर्दछ, तर विदेशबाट देश फर्केका नागरिक भने कोरोनाको पनि वास्ता नगरी पुनः विदेश फर्कन बाध्य हुन्छन्। सरकारले जानेर वा नजानेर यस्ता नागरिकको हकको सुविधा र अनुदान राजनीतिक दलका कार्यकर्ता, सरकारी कर्मचारी, बिचौलिया र बैंक मिलेर खाइदिन्छन्। किसान जसलाई देशकै भाग्य विधाता भनिन्छ, भारतमा त देशको रक्षा गर्ने सैनिक समानको सम्मान किसानलाई दिइन्छ, तर नेपाल सरकारको लागि किसान भाषणमा सीमित हुन्छ, सतहमा उपेक्ष्Fित नै हुन्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्