माछा मार्ने क्रममा झडप, महिलाको मृत्यु

86

प्रस, सप्तरी, २९ मङ्सिर/
माछा मार्ने क्रममा दुई पक्षबीच  झडप हुँदा सप्तरीमा एकजना महिलाको ज्यान गएको छ। सो घटनामा अरू चारजना घाइते भएका छन्।
झडपमा स्थानीय ३५ वर्षीया गङ्गीयादेवीको मृत्यु भएको हो। विपक्ष्Fी समूहले लाठी र बाँसको भाठाले प्रहार गर्दा उनको घटनास्थलमैं मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्लाको बोदेबर्साइन नगरपालिका वडा नं ३ कसमार टोलस्थित सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा बिहीवार दुई पक्षबीच झडप भएको थियो। झडपमा चारजना घाइते भएका छन्।
घाइते हुनेमा ५५ वर्षीय जयनारायण मण्डल, ३५ वर्षीय सोबिन्द्र मण्डल, १८ वर्षीय धीरज मण्डल र ४५ वर्षीय जोगिन्द्र मण्डल छन्। घाइतेहरूको सिराहाको लहान अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सो घटनमा विपक्षीतर्फका ५० वर्षीय शिवशरण मण्डल, ४७ वर्षीय विजय मण्डल, २२ वर्षीय सुरेन्द्र मण्डल र २८ वर्षीय रवित मण्डललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कडरबोनामा राखिएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजतलाश भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता भुवनेश्वर साहले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्