कोरोनाबाट निजगढमा थप एकजनाको मृत्यु

106

प्रस, निजगढ, २९ मङ्सिर/
निजगढ नगरपालिकाका विभिन्न वडामा गरी हालसम्म सातजनाको मृत्यु भइसकेको छ।
पछिल्लोपटक आइतवार राति मृत्यु हुनेमा निजगढ नपा–६ का ४९ वर्षीय पुष्पबहादुर अधिकारी रहेका छन्। उनी लामो समयदेखि मृगौलाको बिरामीबाट ग्रसित थिए। उनको उपचारको क्रममा ललितपुरस्थित गणेशमान अस्पतालका मृत्यु भएको रपिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको जनाइएको छ।
निजगढमा हालसम्म ९८ जना सङ्क्रमित रहेका छन्। मौसम परिवर्तनसँगै सामान्य रुघाखोकीका बिरामीसमेत बढेका छन्। निजगढमा कोरोना सङ्क्रमणबाट सुरक्षित हुने प्रभावकारी उपायहरू अवलम्बन गर्दै सरकारी, सामुदायिक, निजी विद्यालयहरू पूर्णरूपमा सञ्चालनमा आइसकेका छन्। यता हाटबजार, मेलामा भने भीडभाड बढ्दो छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्