किर्ते जग्गा प्रकरणमा बयान सकियो, थुनछेक बहस हुने

91

प्रस, वीरगंज, २९ मङ्सिर/
वीरगंज मुख्य सडकको करोडौं मूल्यको जग्गा किर्ते नामसारी प्रकरणमा पक्राउ परेका ६ जनाको बयान सकिएको छ।
पर्सा जिल्ला अदालतमा आइतवार र सोमवार दुई दिन बयान लिएर सकिएको र मङ्गलवार थुनछेक बहस हुने बताइएको छ। किर्ते जग्गा प्रकरणमा मालपोत कार्यालय, पर्साका प्रमुख सुमन झा, नासु श्रीनारायणप्रसाद साह, लेखनदासद्वय प्रमेश र अमरप्रसाद साह कानू, जग्गा कारोबारी विश्वास तिवारी र किर्तेका नाइके केवलप्रताप राणासँग बयान सकिएको र थुनछेक बहस हुने बताइएको छ।
यसैबीच, मालपोत कार्यालय, पर्सामा नयाँ कार्यालय प्रमुख नियुक्त भएर आएका छन्। मालपोत प्रमुख सुमन झा जग्गा किर्ते प्रकरणमा मङ्सिर २४ गते पक्राउ परेपछि कार्यालयको काम सुचारु गर्न उनको ठाउँमा बारा मालपोत कार्यालयका अधिकृत कामोद तिवारीलाई निमित्त दिइएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्