श्रीमद्भागवत महायज्ञको समापन

0
47


प्रस, पर्सागढी, २८ मङ्सिर/
    पर्सागढी नगरपालिका–३ औरहियामा सञ्चालित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएको छ।
    महायज्ञको समापन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसियाले धार्मिक कार्यक्रम निरन्तररूपमा गर्नुपर्ने बताए। उनले धार्मिक कार्यक्रमले समाजमा रहेका विकृति हटाउने, धर्म–संस्कृतिको रक्षा गर्ने हुनाले यस्ता कार्यक्रमहरू बेलाबखत आवश्यक हुने बताए। पौडेल समाजले आयोजना गरेको महायज्ञमा चतुर्भुज अधिकारी प्रमुख वाचक र आदित्यनाथ लामिछाने सहवाचक थिए। समापन कार्यक्रममा प्रदेशसभा सदस्य राजेश्वर साह तेली, नगरप्रमुख लोकनारायण यादवलगायतको सहभागिता थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्