रौतहट बमकाण्डका अभियुक्त महताब पनि जेल चलान

0
54


प्रस, रौतहट, २८ मङ्सिर/
    रौतहट बमकाण्डका अभियुक्त पूर्वमन्त्री एवं निलम्बित सांसद आफताब आलमका भाइ महताब आलमलाई जिल्ला अदालत रौतहटले आइतवार पुर्पक्षको लागि जेल चलानको आदेश गरेको छ।
    आज अदालतको ६ नं. इजलासमा थुनछेक बहस सकिएपछि न्यायाधीश मणिराम न्यौपानेले आलमलाई पुर्पक्षको लागि जेल चलानको आदेश गरेका हुन्। रौतहटको राजपुर फरहदवा बमकाण्डमा महताब आलमले घाइतेहरूलाई ट्याक्टरमा राखेर इँटाभट्टामा ज्यूँदै जलाएको आरोप लगाइएको छ। सोही विषयमा फरार आलमलाई प्रदेश नं २ प्रहरीले मङ्सिर २२ गते पक्राउ गरी अदालतमा हाजीर गराएको थियो।
    अदालतको आदेशपछि आज उनलाई गौर कारागार चलान गरिएको छ। यही घटनामा उनका दाजु आफताब आलमलाई पनि पुर्पक्षको लागि थुना आदेश भएको थियो र उनी हाल नक्खु जेलमा छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्