जिप्रका, रौतहटको भवन उद्घाटन

0
42

प्रस, रौतहट, २८ मङ्सिर/
    जिल्ला प्रशासन कार्यालय, रौतहटको नवनिर्मित भवनको आइतवार उद्घाटन भएको छ भने प्रजिअ निवासको शिलान्यास भएको छ।
    गृह सचिव महेश्वर न्यौपानेले आज नवनिर्मित जिल्ला प्रशासन कार्यालय रौतहट भवनको उद्घाटन र प्रजिअ निवास भवनको शिलान्यास गरेका हुन्।
    रौतहटका प्रजिअ इन्द्रप्रसाद यादवको अध्यक्ष्Fतामा भएको उद्घाटन तथा शिलान्यास कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री, सशस्त्र प्रहरी महानिरीक्ष्Fक शैलेन्द्र खनाल, मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारी, जिसस रौतहटका सभापति, नगरप्रमुख, उपप्रमुख, पर्सा, बारा, सर्लाही, मकवानपुरका प्रजिअलगायतको सहभागिता थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्