उधारो सय रूपैयाँ माग्दा ज्यान गयो

102


प्रस, पंचगावाँ, २८ मङ्सिर/
    पटेर्वासुगौली गाउँपालिका–२ रङ्गपुर टाँडीका उमेश सहनीको सय रुपैयाँको कारण मृत्यु भएको छ।
    खाजापसल सञ्चालन गरेका सहनीसँग स्थानीय आनन्द दास थारूले रु सयको उधारो खाजा खाएको र सो माग्ने क्रममा थारूले मङ्सिर २४ गते कुटपिट गरेका थिए। कुटपिटबाट घाइते सहनीको आज उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ।
    नारायणी अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई न्युरो अस्पतालमा भर्ना गरिएको र त्यहाँ उनको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ। कुटपिट गर्ने थारूलाई जिल्ला प्रहरी कार्यालय, पर्साले पक्राउ गरी कारबाई शुरू गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्