लोकतन्त्र र गणतन्त्र स्थापनामा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण –मुख्यमन्त्री गद्दी

0
41

प्रस, वीरगंज, २७ मङ्सिर/
मुख्यमन्त्री लालबाबूराउत गद्दीले सङ्घीयता, लोकतन्त्र र गणतन्त्र स्थापनार्थ सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
वीरगंजबाट प्रसारित रेडियो वीरगंजको १८औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री गद्दीले सबैखाले आन्दोलनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताए।
उनले लोकतन्त्र बचाउने प्रमुख भूमिकामा सञ्चारमाध्यमहरू रहेको चर्चा गरे। मुख्यमन्त्री गद्दीले अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने चलखेल शुरू भएको र सोविरुद्ध सञ्चारकर्मीहरूलाई सजग र सतर्क रहेर काम गर्न सुझाए।
प्रदेशका भौतिक पूर्वाधार  विकासमन्त्री जीतेन्द्र सोनलले लोकतन्त्रमा स्वतन्त्र पत्रकारिताको महत्व हुने बताउँदै प्रेस स्वतन्त्रता भएको ठाउँमा लोकतन्त्र मजबूत हुने बताए। उनले लोकतन्त्रविरोधीलाई सञ्चारकर्मीहरूले तह लगाउँदै आएको बताउँदै सो कार्यलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको औंल्याए। मन्त्री सोनलले प्रदेश सरकार स्वतन्त्र पत्रकारिताको पक्षमा रहेको दाबी गरे।
रेडियो वीरगंजका अध्यक्ष्F ध्रुव साहको अध्यक्ष्Fतामा सम्पन्न कार्यक्रममा वीरगंज महानगरका नगरप्रमुख विजयकुमार सरावगी, सांसद प्रदीप यादव, प्रदेशसभा सदस्य राजेश्वर साह, प्रह्लाद गिरी, नेपाली काङ्ग्रेस पर्साका सभापति अजय द्विवेदी, वीउवासङ्घका अध्यक्ष्F गोपाल केडिया, पत्रकार महासङ्घका प्रदेश अध्यक्ष्F दीपेन्द्र चौहान, शाखा अध्यक्ष्F श्याम बन्जारालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा रेडियोकी समाचार वाचिका नीलिमा पौडेललाई ११ हजार नगदसहित उत्कृष्ट कर्मचारी घोषित गरिएको थियो।
यसैगरी, कोभिड–१९ मा अग्रपङ्क्तिमा रहेर काम गर्ने प्रहरी उपरीक्षक गङ्गा पन्त, डा उदयनारायण सिंह र स्वास्थ्कर्मी जयमोद ठाकुरलाई पनि सम्मानित गरिएको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्