प्रधानमन्त्री कप छनोट प्रतियोगितामा सप्तरी विजयी

78

प्रस, जनकपुरधाम, २७ मङ्सिर/
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश नं २ मा जारी छनोट प्रतियोगिता अन्तर्गत शनिवार भएको खेलमा सप्तरी ७ विकेटले विजयी भएको छ।
टस जितेर फिल्डिङ गरेको सप्तरीविरुद्ध सिराहाले ३९.५ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनाएको थियो। प्रतिउत्तरमा सप्तरीले २७ ओभरमा ३ विकेट मात्र गुमाएर १८२ रन बनाइ विजयी भएको हो।
अहिलेसम्मको खेलतालिकामा दुई खेल खेलेको महोत्तरी चार अङ्कले सबैभन्दा अगाडि छ भने सप्तरी एक खेल खेली २ अङ्कले दोस्रो स्थानमा छ। यस्तै, धनुषा र सिराहाले १–१ खेल खेले पनि उनीहरूको अङ्क शून्यमा सीमित छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्