निजगढका चारवटा पसललाई कारबाई

0
46

प्रस, परवानीपुर, २७ मङ्सिर/    
बाराको निजगढका चारवटा पसललाई कारबाई गरिएको छ। प्रशासनको अनुगमन टोलीले उपभोक्ता संरक्षण ऐनविपरीत काम गरेको पाइएकोले तत्काल जरिवाना गरी कारबाही गरेको हो। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख जीतबहादुर भण्डारी नेतृत्वको टोलीमा इलाका प्रहरी कार्यालय निजगढ, निजगढ नगरपालिकाको कार्यालय, निजगढ नगर उद्योग वाणिज्य सङ्घलगायतका प्रतिनिधिहरूको सहभागितामा निजगढ बजार अनुगमन गर्दा चारवटा पसललाई कारबाई गरिएको हो।
कारबाई गरिएको प्रमोद किरानापसल र मुकेश किरानापसलले खरीद बिल नदेखाएकोले जनही रु २० हजार जरिवाना गरिएको थियो।
त्यसैगरी, न्यू स्ट्यान्डर पाउरोटी उद्योगले अनुगमन कार्यमा असहयोग गरेकोले रु ५ हजार जरिवाना गरिएको थियो भने न्यू सोना फर्निचर एन्ड हार्डवेयरले खरीद बिल नदेखाएकोले रु २० हजार जरिवाना गरिएको थियो।
उक्त रकम सात दिनभित्र जम्मा गर्न निर्देशन दिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका सूचना अधिकारी दिलीप खङ्ग खत्वेले जानकारी गराए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्