नाका खुलाउन १६औं दिन पनि सीमामा धर्ना

84

प्रस, वीरगंज, २६ मङ्सिर/
नेपाल–भारत खुला सीमा संवाद समूह पर्साले शनिवार १६औं दिन सीमा खुला गर्न माग गर्दै वीरगंज भन्सार कार्यालयअगाडि एक घण्टा धर्ना दिएको छ।
समूहका संयोजक कृष्ण पटेलको नेतृत्वमा अनिल महासेठ, नेजामुद्दीन समानी, रम्भा मिश्र, मुनि श्रीवास्तव, उषा श्रीवास्तव, प्रतिमा जोशी, रमेश सर्राफ, शेख मुन्ना, कपिल चौगाईंलगायतले एक घण्टा धर्ना दिए।  सीमा खुला नहुन्जेलसम्म धर्ना दिने समूहका संयोजक पटेलले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्