दाइजोबारे रेलवे माविमा अन्तक्र्रिया

53

प्रस, वीरगंज, २७ मङ्सिर/
दाइजो प्रथाका विषयमा पब्लिक एफएमले नेपाल रेलवे माविमा अन्तक्र्रिया कार्यक्रम गरेको छ।
एफएमका निर्देशक राजुप्रसाद थारूको अध्यक्ष्Fतामा भएको कार्यक्रममा वीरगंज महानगर–९ का अध्यक्ष मनोज कलवार, विद्यालयका प्रधानाध्यापक दिनेश चौरसिया, जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य मोनिका सिंह, दाइजो एवं कुरुतिविरुद्ध जागरण मञ्चका अध्यक्ष्F बृजेश्वर चौधरीलगायतले दाइजोलाई समाजबाट निर्मूल पार्ने विषयमा आआफ्नो विचार प्रस्तुत गरेका थिए। उनीहरूले समाजमा दाइजो प्रथाको विद्यमान अवस्थाबारेमा चर्चा गर्दै सोलाई समाजबाट हटाउने विषयमा तर्कहरू प्रस्तुत गरेका थिए। उनीहरूले भाषणबाहेक व्यवहारमा दाइजो हट्न नसकेको भन्दै चिन्ता पनि व्यक्त गरे।
अन्तक्र्रिया कार्यक्रमको सहजीकरण पब्लिक एफएमका स्टेशन म्यानेजर राजन सिंहले गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्