क्षतिपूर्ति बुझेर प्रहरीले चोरलाई छाड्यो

70

प्रस, परवानीपुर, २७ मङ्सिर/
इलाका प्रहरी कार्यालय नगवाका प्रहरी नायब निरीक्षक श्यामकिशोर यादवले साइकल चोरलाई क्षतिपूर्तिबापतको रकम तिराएर छाडेका छन्।
वीरगंज महानगर–२४ रामगढवाका राजकुमार पटेलले वीरगंज–१६ नगवामा साइकल चोरी गर्न खोज्दा बिहीवार पक्राउ परेका थिए। उनलाई प्रनानि यादवले चारवटा मोबाइल चोरी गरेको आरोपमा क्षतिपूर्तिबापत रु ४० हजार तिर्न लगाएर हाजीर जमानीमा छाडेका थिए। साइकल चोरी गर्न लाग्दा पक्राउ परेका व्यक्तिलाई कसूर अनुसारको सजाय दिलाउनुपर्नेमा सो नगरी अन्य सामान चोरीको आरोपमा क्षतिपूर्ति बुझेर हाजीर जमानीमा छोड्नु गलत भएकोले प्रनानि यादवमाथि आर्थिक लेनदेनको आरोप लागेको छ। वडा प्रहरी कार्यालय बिर्ताका प्रनि राजेशराज पुरीले प्रनानि यादवसँग सोधपूछ भइरहेको र दोषी देखिए कारबाई हुने बताएका छन्। उनले कानूनविपरीत काम गरेको पाइए प्रनानि यादवमाथि कारबाई हुने बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्