आयात–निर्यातका समस्या निराकरणबारे निरीक्षण र छलफल

187

प्रस, वीरगंज, २७ मङ्सिर/
वीरगंज भन्सार कार्यालय, सुक्खा बन्दरगाह भन्सार कार्यालय र एकीकृत सुरक्षा जाँच चौकी आइसिपीमा देखिएको आयात–निर्यातका समस्याबारे बुझ्न अर्थ मन्त्रालयका सचिव रामशरण पुडासैनीको संयोजकत्वमा तीनवटै भन्सारका पदाधिकारी सम्मिलित टोलीले स्थलगत निरीक्षण गरी छलफल गरेको छ।
स्थलगत निरीक्षणपछि आयोजित छलफल कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले व्यापार सहजीकरणका लागि समय–समयमा उठाउँदै आएका समस्याहरूलाई नेपाल सरकार र अर्थ मन्त्रालयले नबुझेको गुनासो गरे। उनले भारत तथा तेस्रो मुलुकसँग हुँदै आएका आयात–निर्यातमा देखा परेका समस्याहरूलाई छलफलको क्रममा प्रस्तुत गरेका थिए। उनले समस्याबारे सचिव पुडासैनीलाई लिखित पत्र पनि बुझाएका थिए।
सचिव पुडासैनीले कोभिड–१९ का कारण शिथिल हुन पुगेको अर्थव्यवस्थालाई उकास्ने सवालमा निजी क्षेत्रका प्रतिनिधिलगायत सरोकारवालाहरूलाई एकै ठाउँमा राखेर छलफल गरी निराकरण निकाल्न व्यापार सहजीकरणका लागि आफ्नो नेतृत्वमा टोली काठमाडौंबाट आएको प्रस्ट्याए।
छलफल कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखा प्रमुख राजेश्वर दङ्गाल, भन्सार विभागका महानिर्देशक सुमन दाहाल, तीनवटै भन्सारका प्रमुख भन्सार अधिकृत, वीउवासङ्घका महासचिव माधव राजपाल, सदस्यहरू सुरेश रूँगटा, सुशान्त चौहान, पूर्वअध्यक्ष्F अशोक टेमानी, गणेश लाठ, प्रदीप केडियालगायतको सहभागिता थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्