सोनार मृत फेला, हत्याको आशङ्का

104

प्रस, पर्सागढी, २६ मङ्सिर/
वीरगंज महानगरपालिका–३२ परसवाटोल निवासी ४६ वर्षीय सुरेन्द्रसाह सोनार मृत फेला परेका छन् ।
परसवाटोलदेखि तीन किलोमिटर टाढा एउटा कुलोमा उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
शुक्रवार स्थानीयले कुलोनजीक मानिसको शव देखेका र सो शव सोनारको भएको पहिचान भएपछि उनको परिवारजनलाई खबर गरेको र परिवारले प्रहरीमा खबर गरेको प्रहरी चौकी मिलनचोकले बताएको छ । परिवारजनले मृतक सोनार  रातिदेखि घरमा नरहेको बताए ।
मृतक सोनारको हत्या गरिएको आशङ्का गरिंदैछ । उनको मुख र शरीरका केही भागमा चोटपटक लागेकाले हत्या गरिएको हुन सक्ने अनुमान गरिएको हो । प्रहरीले पनि शवको प्रकृतिबाट हत्या भएको हुन सक्ने बताएको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको र शव शल्यपरीक्षणका लागि नारायणी अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले जानकारी गराएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्