समस्या समाधान समिति गठन

112

प्रस, वीरगंज, २६ मङ्सिर/
नेपाल–भारत सिल सीमा खुला गराउनका लागि अहिले चौतर्फी दबाब शुरू भएको छ ।
सीमा खुला गर्नका लागि आज शुक्रवार १५औं दिन पनि सीमा संवाद समूहले वीरगंज भन्सार कार्यालयअगाडि धर्ना दिंदै आएको छ ।
समूहका संयोजक कृष्ण पटेलको अगुवाइमा रम्भा मिश्र, मुनि श्रीवास्तव, उषा श्रीवास्तव, प्रतिमा जोशी, रमेश सर्राफ, शेख मुन्ना, कपिल चौगाईंलगायतले एक घण्टा धर्ना दिए । बिहान ९ देखि १० बजेसम्म उनीहरूको धर्ना कार्यक्रम जारी छ । यो धर्ना कार्यक्रम अनिश्चितकालका लागि हो । सीमा खुला नहुन्जेलसम्म धर्ना दिने समूहका संयोजक पटेलले बताए ।
यसैबीच, होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगंजका अध्यक्ष हरि पन्तले बिहीवार विज्ञप्ति जारी गर्दै सीमा खुला गर्न माग गरेका छन् । विगत ९ महीनादेखि नेपाल–भारत सीमा सिल भएकोले चौतर्फी नकारात्मक असर परिरहेकाले तत्काल सीमा खुला गर्न अध्यक्ष पन्तले अपील गरे । खुला सीमा बन्द हुँदा होटल र पर्यटन व्यवसाय धराशयी भएको हुनाले अविलम्ब सिल सीमा खुला गर्न आग्रह गरिएको छ । विज्ञप्तिमा सीमा सुचारु नहुन्जेलसम्म कोरोनाले थलिएको होटल र पर्यटन व्यवसाय कुनै पनि हालतमा माथि उठ्न नसक्ने भन्दै नेपाल–भारत दिल्ली उडान शुरू हुन लागेकोले पनि अब स्थलमार्ग बन्द राख्नुको औचित्य नरहेको उल्लेख छ ।
यसैगरी, नेपाली काङ्ग्रेस पर्साले नेपाल–भारत सीमा खोल्न सरकारलाई दबाब दिएको छ । सीमा खुला नगरेको खण्डमा नाकामा धर्ना दिने नेका पर्साका सभापति अजयकुमार द्विवेदीले चेतावनी दिएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्