सवारी सञ्चालनमा विकृति बढ्दै

82

प्रस, पर्सागढी, २५ मङ्सिर/
बाराको जीतपुर र पर्साको रङ्गपुरसम्म सञ्चालित अटोरिक्शा, मैजिक, बससेवामा सिट क्षमताभन्दा बढी यात्रीहरू बोक्ने काम हुँदा पनि प्रहरी मूकदर्शक भएको छ।
जीतपुर–रङ्गपुर जनता सडकमा सयभन्दा बढी अटोरिक्शा, म्याजिक र बस सञ्चालनमा छन्। बढी यात्री बोक्ने हुनाले यो क्ष्Fेत्रमा बेला–बेलामा दुर्घटना हुने गरेको छ।
सिट क्षमताभन्दा बढी यात्री बोक्नका लागि अहिलेसम्म कसैले पनि सवारीसाधनहरूलाई रोकटोक गरिएको छैन। जसले गर्दा दिनानुदिन यो विकृति मौलाउँदै गएको छ। जीतपुरदेखि रङ्गपुरसम्मको एरियामा इलाका प्रहरी कार्यालय जीतपुर, बारा, सशस्त्र बेस क्याम्प सोलखपुर, प्रहरी चौकी मिलनचोक, बिरुवागुठी, मनवा, रङ्गपुर र इलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्दछन्।
यिनीहरूले अन्य चेकजाँच गरेपनि सिट क्षमताभन्दा बढी यात्री बोक्ने बसहरूलाई कुनै कारबाई गर्दैनन्। यही कारण हो अहिले उमेर नपुगेका र सवारी चालक अनुमतिपत्र नभएका युवा पनि चालक भएर अटोरिक्शा, मैजिक चलाउँदै आएका छन्। म्याजिक र बस नियन्त्रित तरीकाबाट सञ्चालित भए पनि अटोरिक्शा क्षमताभन्दा दुई/तीनजना बढी बोक्ने तीव्र गतिमा चलाइने हुँदा बेला–बेलामा दुर्घटना हुने गरेको छ। प्रहरीले सवारी चालक अनुमतिपत्रलगायत कागजात चेकजाँच गर्न छाडेको छ। कोरोना भाइरस फैलिएको ९ महीनादेखि यो प्रक्रिया पूर्णरूपमा ठप्प छ।
इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीले बेलाबेलामा चेकजाँच भइरहेको दाबी गरेपनि यो क्षेत्रमा सञ्चालित सवारी साधन, दुर्घटनालगायतको तथ्याङ्कहरू राखेको छैन। अनियमित सवारी नियन्त्रणका लागि पनि इप्रका पटेर्वासुगौली र त्यस मातहतका चौकीहरूले हालका दिनमा कुनै पनि गतिविधि देखाएको छैन।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्