सत्ताधारी नेकपा र भारुण्ड पक्षीको कथा

0
40

श्रीमन्नारायण

झन्डै दुई तिहाइ बहुमतसहित तीन वर्षअघि सत्तामा आएको केपीशर्मा ओली नेतृत्वको नेकपा सरकार नेपाली जनताको इच्छा र आकाङ्क्षा पूरा गर्न असफल साबित भएको छ। वर्तमान सरकारको कामकाजबाट स्वयम् सत्ताधारी दलकै नेता पनि सन्तुष्ट छैनन् र सरकारको नेतृत्व परिवर्तनको माग गर्दै पार्टीभित्र विवाद चर्काएका छन्। सत्ताधारी दलको अन्तर्कलहले नेपाली जनजीवन अस्तव्यस्त हुनुका साथै देशको अर्थतन्त्र पनि तहसनहस भएको छ। नेकपा गठबन्धनले चुनावताका जनतासामु व्यक्त गरेको प्रतिबद्धता पूरा गर्न ओली सरकार पूर्णतः असफल  भएको छ। सत्ताधारी दलको अन्तर्कलहले अन्ततः उसैलाई क्ष्Fति पु–याउने निश्चित छ।
आगामी दुई वर्षमा तीनै तहको निर्वाचन हुने अवस्थालाई दृष्टिगत गरेर सत्ताधारी नेकपाका शीर्ष नेताहरूले ओली सरकारको अलोकप्रिय एवं जनविरोधी निर्णय तथा कामकाजका कारण हुन सक्ने सम्भावित क्ष्Fति रोक्न सरकारको नेतृत्व परिवर्तन गर्न माग गरिरहेका छन्। नेपाली जनता पनि नेकपा सरकारको कामकाजको सूक्ष्म विश्लेषण गरिरहेको छ तथा यसलाई ओली सरकार मात्र होइन्, सिङ्गो नेकपाको असफलता ठानिरहेको छ, किनभने नेपाली जनताले नेकपा गठबन्धन तथा तिनको घोषणापत्र माथि विश्वास गरेर मतदान गरेको थियो।
नेपालको सात दशक लामो राजनीतिक इतिहासमा कुनै एउटा प्रधानमन्त्रीको नेतृत्वले पाँच वर्षको कार्यकाल पूरा गर्न नसकेको मान्यतालाई केपीशर्मा ओली नेतृत्वको सरकारले विस्थापित गर्ने अनुमान गरिएको थियो तर वैयक्तिक सर्वोच्चता, पदीय स्वार्थ र अहङ्कारबाट ग्रसित नेपालका नेताहरूलाई देश र जनताको चिन्ता नै छैन। यिनीहरूलाई निहित स्वार्थपूर्तिको चिन्ता मात्र रहन्छ। ओली सरकारको आन्तरिक नीति मात्र होइन, परराष्ट्र नीति पनि असफल साबित भएको छ। लोकप्रियतावाद र परराष्ट्र नीति पृथक विषय हुन् भन्ने कुरा सरकारले बुझ्न सकेन।
दुई तिहाइ बहुमतका बावजूद सत्ताधारी दलमा व्याप्त अन्तर्कलहका कारण नेपाली जनताले राजनीतिक स्थायित्वको अनुभूति गर्न पाएन। भ्रष्टाचार र आर्थिक अनियमिततासमेत सरकारले रोक्न सकेन। कोरोना महामारीसित मुकाबिला गर्न सरकारको ठोस नीति र पहल देखिएन। महँगी, गरीबी, बेरोजगारीलगायत देशका जल्दाबल्दा समस्याको समाधान गर्न पनि सरकार असफल साबित भएको छ। भावनात्मक मुद्दालाई चर्चामा ल्याएर सत्ताधारी दलभित्रको विद्रFेह केही समयका लागि रोक्ने काम मात्र भएको छ।    
ओली सरकारको परराष्ट्र नीति पनि एकाङ्गी तथा वैचारिक आस्थाबाट प्रभावित भई निर्धारण भइरहेको अवस्था छ। जबकि व्यक्ति, पार्टी र विचारभन्दा राष्ट्रहित ठूलो हुने गर्दछ।
गुठी संशोधन विधेयक, मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयक, राहदानी विधेयक र नेपाल ट्रस्ट विधेयकलाई सरकारले व्यापक जनविरोधका कारण फिर्ता लिनुप–यो भने हतारहतारमा ल्याइएको राजनीतिक दल तथा संवैधानिक परिषद्को संरचनासम्बन्धी विधेयक फिर्ता लिएर सरकारले आफ्नो निरीहता र असफलता प्रदर्शित गरिसकेको छ।
भ्रष्टाचारको सवालमा पनि सरकार एकपछि अर्र्कोे आरोप झेल्न बाध्य छ। खासगरी वाइडबडी विमान प्रकरण, एनसेल, यतिकाण्ड, ललिता निवास जग्गा प्रकरण, पासपोर्ट छपाइ, ओम्नी र पूर्व सञ्चारमन्त्रीको टेपकाण्डले सरकारको पारदर्शिता एवं सुशासनसम्बन्धी नारालाई झूटो साबित गरिरहेको छ। ओली सरकारले आफ्नो असफलता ढाकछोप गर्न तथा अन्तर्कलह रोक्न अन्तिम अस्त्रको रूपमा राष्ट्रिताको कार्ड पनि प्रयोग ग–यो, नेपालका कम्युनिस्टहरूको निम्ति विगत लामो समयदेखि उपयोगी साबित हुँदै आएको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समावेश गरी नयाँ नेपाली नक्शा जारी गरियो छ तर  नयाँ  भौगोलिक नक्शामा देखाइएका भूभागहरू नेपालले कहिले प्राप्त गर्ने, त्यसको गते, महीना र सालबारे देशका सांसद र सरकारलाई नै थाहा होला। उत्तरी छिमेकी चीनको ऋण सहयोग स्वीकार गर्न अप्ठ्यारो नमान्ने नेकपा सरकारलाई अमेरिकाको अनुदान स्वीकार गर्न असहज महसूस भइरहेको छ।
नेकपा सरकारले तीन वर्षअघि चुनावका बेला वाम गठबन्धनको साझा घोषणापत्रमा उल्लेख भएका प्रतिबद्धता– नेपाललाई पाँच वर्षभित्र विकासशील राष्ट्रको पङ्क्तिमा उभ्याउने, १० वर्षभित्र आय ५ हजार डलर पु–याउने, २०९९ सालसम्म सम्मुन्नत राष्ट्रको पङ्क्तिमा उभ्याउने, १० वर्षमा कृषि उत्पादन दोब्बर पु–याउने, ३ वर्षभित्र काठमाडौंमा विद्युतीय सवारी सञ्चालन गर्ने, १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने, घर–घरमा बिजुली र शेयर उपलब्ध गराउने, ५ वर्षमा पूर्व–पश्चिम विद्युतीय रेलमार्ग सञ्चालन, ५ वर्षभित्र निजगढमा विमानस्थल निर्माण, समुद्रमा नेपाली झन्डावाहक पानीजहाज चलाउने, नयाँ शिक्षा नीति लागू गर्ने तथा सरकारी स्वास्थ्यकर्मीलाई निजी काममा रोक लगाउनेजस्ता विषय उल्लेख थिए। ओली सरकारको तीन वर्ष पूरा भइसक्दा यस दिशामा उपलब्धि हासिल भएको देखिएन। उखान, टुक्का, व्यङ्ग्यपूर्ण आक्ष्Fेप तथा क्रान्तिकारी कुरा मात्र सुन्नमा आए। ओली सरकारको असफलताबाट नेपाली जनजीवनमा निराशा र देशको अर्थतन्त्रमा अनिश्चितता मात्रै कायम भएको छैन, सत्ताधारी नेकपाका नेताहरू पनि दुःखी छन्। त्यसमा पनि सबैभन्दा बढी दुःखी त पूर्व नेकपा माओवादी केन्द्रका अध्यक्ष्F पुष्पकमल दाहाल प्रचण्ड नै हुन् किनभने उनले सबैथोक त्याग गरेर केपीशर्मा ओलीसित सहकार्य तथा सहभागी गर्ने निष्कर्षमा पुग्दै पार्टी एकीकरण गरेका थिए।
पार्टीको विचार तथा सिद्धान्तलाई तिलाञ्जलि दिएर जब चुनावी सफलता र सत्ताको भागबन्डालाई नै एकमात्र लक्ष्य ठानेर पार्टी एकीकरण गरिन्छ अनि त्यहाँ प्रतिबद्धता र सहमतिको कुनै अर्थ रहँदैन। यस्ता खाले पार्टी एकीकरणमा मान–अपमान तथा यश–अपयशको हिसाब किताब गरिंदैन। सत्ताधारी नेकपाभित्र जारी एकले अर्कोलाई थर्काउने र गलाउने खेलमा अहिलेसम्म प्रभानमन्त्री केपीशर्मा ओलीको अवस्था नै सुदृढ देखिएको छ। पूर्व नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हाल आफूलाई ठगिएको र अपमानित महसूस गरिरहेका छन् तर निजी स्वार्थपूर्तिका निम्ति सर्वस्व त्याग गरेर नेकपा पार्टी एकीकरण गरेका कारण यसको सम्पूर्ण दोष पनि उनले आफ्नो टाउकोमा लिनैपर्छ। नेकपा अध्यक्ष्F प्रचण्डको वर्तमान अवस्था हेर्दा महाभारतको भीष्मपर्वमा वर्णित भारुण्ड पक्ष्Fीको अवस्थामा पुगेको आभास हुन्छ। जहाँ आफ्नो मान–सम्मानको रक्षाको निम्ति उनले राजनीतिक आत्महत्या गर्नुको विकल्प रहँदैन।
एकमत भएर काम नगर्ने व्यक्तिको दुईटा मुख भएका, परस्पर दुवै मुखबाट अलग–अलग फल खाने तथा भुँडी भएको भारुण्ड पक्षीझैं विनाश हुन्छ।    एकोदरा पृथग्ग्रीवा अन्योन्य फल भक्ष्Fिणः असंहता विनश्यन्ति, भारुण्डा इव पक्षिणः
महाभारत भीष्मपर्व अध्याय ७ मा भारुण्ड नामक एउटै पेट र दुई टाउको  भएको पक्षीको उल्लेख छ। भारुण्डको भुँडी एउटै भएपनि मुख दुईवटा थियो। हिरण्यकश्यपलाई मारेपछि पनि नृसिंहको क्रोध शान्त नहुँदा भारुण्डले नृसिंहलाई आफ्नो पञ्जामा समाएर आकाशमा लिएर उडेको थियो।
एक दिन समुद्र किनारमा भेटिएको अमृत–फल खाँदै भारुण्डको एउटा मुखले अर्कोलाई भन्यो– “अमृततुल्य, दिव्य र विलक्ष्Fण स्वादको फल आजसम्म मैले खान पाएको थिइनँ।” पहिलो मुखको कुरा सुनेर दोस्रो मुखले भन्यो– “यदि यो फल तिमीले भनेजस्तो स्वादिलो छ भने अलिकति मलाई पनि देऊन्, चाखूँ।” पहिलो मुखले हाँस्दै जवाफ दियो– “हाम्रो भुँडी एउटै छ, जुन मुखले खाए पनि पेटमैं जाने त हो नि १ अलग दुई मुखले किन खानुप–यो बरु उब्रेको भाग हाम्रो प्रियतमालाई दिऊँ, उसले पनि चाख्न पाउँदा हाम्रो भलो हुनेछ।”
एउटा टाउकोले खFएको त्यो आधा फल अर्को टाउकोलाई नदिएर प्रियतमालाई नै दियो। बदलामा प्रियतमाको मीठो चुम्बन पायो। त्यो देखेर अर्को टाउकोलाई औंडाहा भयो। फल स्वाद लिएर खाएपछि उसले आलिङ्गन, चुम्बन तथा कटाक्ष्F गर्न थाली– दोस्रो मुख भुतुक्कै भएको थियो। अर्को दिन समुद्रमा विषफल भेटियो। त्यो फल पाएपछि पहिलो मुखलाई देखाउँदै दोस्रो मुखले भन्यो– हेर आज मैले विषफल पाएको छु। तिमीसित अपमान पाएकोले आज म यो फल खाँदैछु। पहिलो मुखले आत्तिंदै भन्यो– “मूर्ख यस्तो ग–यो भने हामी दुवैको मृत्यु निश्चित हुनेछ। तिमी यो फल नखाऊ।” पहिलो मुखले जति भने पनि दोस्रो मुखले मानेन। आफ्नो अपमान सम्झेर अर्को टाउकोले विषफल खायो। दुईमुखे अद्भुत पक्षी भारुण्डको तत्काल मृत्यु भयो। सत्ताधारी नेकपाको अवस्था पनि भारुण्ड पक्षीजस्तो नहोस्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्