वीरगंज हेल्थकेयरद्वारा सम्मान

167

प्रस, वीरगंज, २५ मङ्सिर/
वीरगंज हेल्थ केयर प्रालि गण्डक बहुअरीले आयोजना गरेको कार्यक्रममा सुरक्षाकर्मी तथा अस्पतालका कर्मचारीलाई सम्मान गरिएको छ।
कोभिड महामारीको बेला अथक प्रयास गरेका सुरक्षाकर्मी तथा अस्पतालका कर्मचारीलाई प्रमुख जिल्ला अधिकारी आसमान तामाङले सम्मान गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय, वीरगंज ब्यारेक, सशस्त्र प्रहरी १३ नं गण वीरगंज, वडा प्रहरी कार्यालय श्रीपुर, बिर्ता, इलाका प्रहरी कार्यालय पोखरियालगायत अस्पतालका स्वास्थ्यकर्मीहरूलाई सम्मान गरिएको थियो।
अस्पतालका अध्यक्ष डा अबुलहैस अन्सारीको सभापतित्वमा भएको कार्यक्रममा प्रहरी उपरीक्षकद्वय गङ्गा पन्त, राजेन्द्र खड्का, पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जारालगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन राधेश्याम पटेलले गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्