राप्रपा र संयुक्तबीच एकीकरण

89

प्रस, वीरगंज, २५ मङ्सिर/
राष्ट्रिय प्रजातन्त्र पार्टी, पर्सा र संयुक्तबीच बिहीवार एकीकरणमा सहमति भएको छ।
केन्द्रस्तरमा दुई पार्टी एक भएपछि जिल्लामा पनि आज एक कार्यक्रमबीच एकता भएको हो।
राप्रपाका तर्फबाट केन्द्रीय सदस्य सुमेश्वर उपाध्याय, रामदेव महतो धानुक र राप्रपा संयुक्तबाट केन्द्रीय सदस्य बाबूलाल शर्मा, रामअयोध्या कुर्मीले एकीकरण पुस्तिकामा हस्ताक्षर गरेका थिए।
कार्यक्रममा पूर्वमन्त्री एवं राप्रपाका नेता राजीव पराजुलीलगायतको सहभागिता थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्